प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले बाढीपहिरोमा परेर बेपत्ता भएकाहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित दिँदै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आमजनसमुदायमा समेत अपिल गरेका छन् ।
गएरातिदेखि परेको वर्षाका कारण ताप्लेजुङ, पाँचथरलगायत नेपालको पूर्वी भेगमा धनजनको क्षति भएको छ । बाढीपहिरोका कारण केही मानिस बेपत्ता भएका छन् भने राजमार्गसमेत अवरुद्ध भएका छन् ।