ताप्लेजुङको सिदिङवा गाउँपालिकामा- ६ मेहेलेमा पहिरोमा परी एकै घरका तीनसहित चारजना बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोमा परी यामकुमार बुढाक्षेत्रीकी श्रीमती भगीमाया बुढाक्षेत्री, उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएको मेहेलेबाट जिल्ला समन्वय सदस्य कला कडरियाले जानकारी दिए।
सोही पहिरोमा परी हर्कबहादुर तामाङको छोरा गणेश तामाङ पनि हराएको कडरियाले बताए । स्थानीयवासीहरू घटनास्थलमा पुगेका छन् भने प्रहरी–प्रशासन घटनास्थल पुग्दै छ ।अहिले पनि यहाँ अविरल वर्षा भइरहेको छ ।
उता, जिल्लाको दोस्राे ठूलो बजार दोभानमा पाँच घर जोखिममा रहेको स्थानीय जयप्रसाद भट्टराईले बताए । मैवाखोलामा आएको भीषण बाढीले बजार जोखिममा रहेको भट्टराईले बताए ।