प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेलम्ची खानेपानीको मुहान अवलोकन गर्न सिन्धुपाल्चोक पुगेका छन् । उनले मेलम्ची खानेपानीको महान र दुई वर्ष अघि भएको बाढीग्रस्त क्षेत्रमा निरीक्षण गर्नेछन् ।
यसपटक बर्खा याममा पनि खानेपानी उपत्यकामा लैजाने सरकारको तयारी छ । प्रधानमन्त्रीले त्यसको लागि बाँधक्षेत्रको अवस्थाबारे अवलोकन गर्ने आवश्यक निर्देशन दिनेछन् ।
प्रधानमन्त्रीसँगै स्वास्थ्य मन्त्री मोहन बस्नेत, खानेपानी मन्त्री महेन्द्र राय यादवसहित स्थानीय जनप्रतिनिधि अवलोकनमा पुगेका छन् । वर्षायाम नजिकिँदै गर्दा नदीले कटान गर्न सक्ने क्षेत्र अवलोकन गर्ने र पुर्वतयारीका लागी आवश्यक निर्देशन तयारी छ । सिन्धुपाल्चोकको दुई वर्षअघि भ्रेमाथानबाट आएको बाढिले खोला क्षेत्रका बस्ती तहसनहस पारेको थियो ।