थुनामा जाँदाजाँदै खाणले भने– ल है सबै साथीहरू म लागेँ

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले अब न्याय पाउने प्रतिक्रिया दिएका छन् । 

जिल्ला अदालतको आदेशपछि सुरक्षाकर्मीले अदालतपरिसरबाट लैजान लाग्दा खाणले आफू यस घटनामा संलग्न नरहेको र अब न्याय पाउने प्रतिक्रिया दिएका हुन् । 

उनले भने, ‘ल है साथीहरू, म लागेँ । म यो घटनामा संलग्न छैन । अब न्याय पाउनेछु ।’ उनको अभिव्यक्तिले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै उनी चाँडै उच्च अदालत जाने संकेत गरेको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आजै आदेश भएको हो । 
 

सुझावित समाचार