नयाँ पत्रिकाकर्मी रावल पुरस्कृत

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी मानदत्त रावल पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा जुम्लाको चौथो जिल्ला अधिवेशनको अवसरमा रावललाई पुरस्कृत गरिएको हो।

जुम्ला जिल्लामा रहेर पत्रकारितामार्फत समाज परिवर्तनमा गरेको योगदानप्रति मूल्यांकन गर्दै गौरी–अर्जुन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८० बाट सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।

विमान दुर्घटनामा ज्यान गुमाएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य गौरी कठायत र समयमा उपचार नपाएर ज्यान गुमाएका युवा पत्रकार अर्जुन आचार्यको सम्झनामा क्रियाशील पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ।

सोही कोषबाट पत्रकारद्वय रावल र मोहनविक्रम शाहीलाई सम्मान गरिएको नेपाल प्रेस युनियनका केन्द्रीय सचिव लक्ष्मीप्रसाद देवकोटाले जानकारी दिए।

सुझावित समाचार