प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दाहाल वंशको उत्पत्ति भएको दैलेखको दहगाउँ पुगेका छन्।
दैलेखको दुल्लु नगरपालिका– १२ मा पर्ने दहगाउँमा पुगेर प्रधानमन्त्री प्रचण्डले दाहालहरूको उत्पत्ति भएको स्थानमा निर्माण गरिएको कुल शिरोमणि दाशुको सालिक अनावरण गरेका छन्।
.jpg'_'.2023-06-15.jpg)
उक्त सालिक दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरू दाशुका सन्तति मानिन्छ। दाशुको सालिक जेठ २५ गते काठमाडौंबाट देवघाट, नारायणघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिंगे, लमही, दाङ, कोहलपुर, सुर्खेत, दैलेखको डुंगेश्वर हुँदै दहगाउँमा ल्याई अनावरण गरिएको हो।
कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाशुको सालिक निर्माण तथा संरक्षणका लागि झापाका किशोरकुमार दाहालको संयोजकत्वमा पाँच सदस्यीय विशेष कार्यदलसमेत बनाइएको थियो।
.jpg'_'.2023-06-15.jpg)
धार्मिक तथा ऐतिहासिक जिल्लाका रूपमा परिचय बनाएको दैलेख विभिन्न ३२ थरको उदगम थलोको रूपमा परिचित छ। दाहाल, लम्साल, रुपाखेती, हुमागाईं, नेपाल, रिजाल, लम्साल, भुर्तेल, कट्टेल, दुलाललगायतका ३२ जातिको उदगम स्थल मानिन्छ।
दाहालको उदगम थलोमा काठमाडौं, नेपालगन्ज, सुर्खेतलगायतका विभिन्न जिल्लाका दाहाल थरका व्यक्तिको उपस्थिति रहेको थियो। दाहाल गाउँमा गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्ख्यौली ‘गाउँ’मा आउन पाउँदा निकै खुसी लागेको बताए।
.jpg'_'.2023-06-15.jpg)
उनले राष्ट्रिय एकताका लागि सबै जातजातिको भूमिका महत्त्वपूर्ण हुने बताए। दैलेख ऐतिहासिक, धार्मिक, सांस्कृतिक हिसाबले निकै महत्त्वपूर्ण जिल्ला भएकोले पञ्चकोसी क्षेत्रको विकासका लागि गुरुयोजनाअनुसार काम गर्ने बताएका छन्।
नेपालको प्राकृतिक सम्पदा, पर्यटन विकासलाई प्रभावकारी बनाउँदै आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्दै देशमै समृद्धि ल्याउने अभियानको थालनी गर्ने बताएका छन्।
‘सरकार सुशासन कायम गर्न अघि बढेको छ, आर्थिक संकटलाई समाधान गर्ने, छिमेकीसँगको सम्बन्ध मजबुत बनाउने, सुशासन कायम गर्ने सरकारको लक्ष्य छ,’ प्रचण्डले भने।
.jpg'_'.2023-06-15.jpg)
प्रधानमन्त्री प्रचण्डले नेपालले १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्री गरी मुलुकलाई समृद्धि बनाउने योजना अघि बढिसकेकाले देशको आर्थिक अवस्था सुधारमा यो विषय महत्त्वपूर्ण हुने बताए।
कार्यक्रम सम्पन्नपश्चात् प्रधानमन्त्री दाहालले दैलेखको पेट्रोलियम अन्वेषणको तयारी रहेको क्षेत्रको हेलिकोप्टरमार्फत अनुगमनसमेत गरे। कार्यक्रममा वत्सगोत्रीय बन्धुहरूको तर्फबाट बोल्दै प्रतिनिधिसभाका निवर्तमान सांसद रवीन्द्रराज शर्माले कर्णालीको विकासका लागि प्रधानमन्त्रीले विशेष भूमिका खेल्नुपर्ने बताए।
.jpg'_'.2023-06-15.jpg)
उनले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण, नेपालगन्ज हुँदै नाग्चेनाग्लासम्म जोड्ने त्रिदेशीय सडक, पञ्चकोसी क्षेत्रको गुरुयोजनाअनुसार विकास गरी दैलेखलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गन आग्रह गरे।
.jpg'_'.2023-06-15.jpg)