एनआइसी एसिया क्यापिटल र अगम फुडबीच सम्झौता

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

एनआइसी एसिया क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत काठमाडौंको लाजिम्पाटमा कर्पाेरेट कार्यालय रहेको अगम फुड इन्डस्ट्री प्रालिलाई साधारण सेयर जारी गर्न सघाउने भएको छ ।

कम्पनीले संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवा, प्राइभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फन्डको व्यवस्था गरिदिनेसहित पब्लिक कम्पनीमा परिणत गराई आगामी दिनमा आइपिओ जारी गर्ने चरणमा पुर्याउन सघाउने भएको हो । 

कम्पनीले अगम फुडलाई भविष्यमा सर्वसाधारणमा साधारण सेयरको सार्वजनिक निष्कासन गरिदिनेसम्मको सेवा प्रदान गर्नका लागि एनआइसी एसिया क्यापिटल र अगम फुड इन्डस्ट्रीबीच सम्झौता भएको जनाइएको छ । अगम फुड इन्डस्ट्री नेपालकोे स्टिम राइस मिल हो । यो उद्योग सन् २००५ मा चितवनमा स्थापना भई आफ्नो उत्पादन देशका विभिन्न भागमा बिक्री गर्दै आएको कम्पनीले जनाएको छ । 

सुझावित समाचार