इप्पानको अध्यक्षमा कार्की र वरिष्ठ उपाध्यक्षमा डाँगी

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार किरण मल्लको उम्मेदवारी खारेज भएपछि कार्की स्वतः अध्यक्ष भएका हुन् । अध्यक्ष हुन कुनै एक पदाधिकारीमा एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्थाअनुसार कार्कीको योग्यता नपुगेर उम्मेदवारी खारेज भएको हो ।  

यसअघि उनी कार्यसमितिको सदस्य मात्रै रहेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खतिवडाले जानकारी दिए । यस्तै, इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहन डाँगीसहित सम्पूर्ण पदाधिकारी निर्विरोध भएका छन् । इप्पानमा आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने व्यवस्थाअनुसार डाँगी आगामी अध्यक्ष बन्नेछन् ।

यस्तै, पाँचजना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन् । त्यस्तै, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाल भएका छन् । पाँचजना सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम विष्ट र हिमप्रसाद पाठक निर्वाचित भएका छन् । 

कोषाध्यक्ष नरेन्द्रबल्लभ पन्त भएका छन् । तीनजना महिला सदस्यमा ईशा श्रेष्ठ, सुशन कर्माचार्य र सुमन जोशी निर्विरोध भएका छन् ।  बिहीबार होटेल ह्यातमा इप्पानको २१औँ वार्षिक साधारणसभा  प्रधानमन्त्री पुष्पकमल दाहाल उद्घाटन गर्दै छन् । उद्घाटन सत्रपछि नयाँ कार्यसमितिको औपचारिक घोषणा हुनेछ ।  

See More On

सुझावित समाचार