यस वर्ष बाढीपहिरोबाट साढे १२ लाख प्रभावित हुने आकलन

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको बर्खामा बाढीपहिरोसहितका विपत्बाट दुई लाख १६ हजार घरपरिवारका साढे १२ लाख नागरिक प्रभावित हुने आकलन गरेको छ । त्यसमध्ये करिब एकतिहाइ जनसंख्यालाई खाद्यान्नको आवश्यकता पर्न सक्छ ।

आवश्यक राहत सामग्री संकलन गरेर प्रदेश तथा जिल्लामा भण्डारण गरिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए  । गत वर्ष मनसुनी याममा बाढीपहिरोबाट एक सय १९ जनाको ज्यान गएको थियो भने ३२ बेपत्ता हुँदा ११५ घाइते भए । एक हजार ६ घर पूर्ण रूपमा क्षतिग्रस्त बन्दा एक हजार एक सय घरमा आंशिक क्षति पुग्यो । गत वर्ष बाढीपहिरोबाट खोटाङ, मकवानपुर, नवलपुर, प्युठान,  सुर्खेत, अछाम, बाजुरा र दार्चुला बढी प्रभावित भएका थिए । 

सुझावित समाचार