शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन्। महासंघको पहिलो साधारणसभाले अध्यक्षमा श्रेष्ठलाई निर्वाचित गरेको हो।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्वीकृत विधानबमोजिम उपाध्यक्षमा राजेश उपाध्यायसहित सात सदस्य मनोनयन गरिएको छ। मनोनीत हुनेहरुमा ज्ञानेन्द्र नकर्मी, नवीन आलेमगर, प्रज्ज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ र देविका राई रहेका छन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा र रोशन महर्जन तथा महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा दिनेशकुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन्।
महासंघको सदस्यहरूमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेशरत्न बज्राचार्य, दुर्गाबहादुर श्रेष्ठ, ननिता महर्जन र विनिता राई चयन भएका छन्।
यसैगरी बागमतीको संयोजकमा राजनकुमार श्रेष्ठ, लुम्बिनीको संयोजकमा सितुप्रसाद श्रेष्ठ, गण्डकीको संयोजकमा ओकिल (शंकर)मान तुलाधर उदास र कर्णालीको संयोजकमा रमेशकुमार केसी चुनिएका छन्।