प्रतिनिधिसभामा दुई विधेयक पेस

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०८०/८१ को ‘विनियोजन विधेयक २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक २०८० पेस  भएका छन् ।

सोमबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुवै विधेयक संसद्समक्ष प्रस्तुत गरेका हुन्। सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिएका थिए।

दुवै विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो।

सुझावित समाचार