सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोसी प्रदेशस्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेसन मोनिटर र भ्याक्सिन स्टोरेजको लागि एउटा फ्रिज प्रदान गरेको छ।
बैंकको शाखा कार्यालय रंगेलीले प्रदेश कार्यालय विराटनगरमार्फत शुक्रबार एक समारोहबीच संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई ती सामान प्रदान गरेको हो। उक्त कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पताल विकास समितिका अध्यक्ष तथा अस्पताल र बैंकका कर्मचारीहरूको उपस्थिति थियो।
साथै, बैंकले डिल्लीबजारस्थित डिल्लीबजार कन्या क्याम्पसलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ। विद्यार्थीहरूलाई पठनपाठनमा सजिलो होस् भन्ने मनसायले प्रोजेक्टर प्रदान गरेको बैंकले जनाएको छ।