दराज नेपाल र एनएमबी बैंकबीच साझेदारी, विक्रेताहरूले धितोरहित कर्जा पाउने

आइतबार, २८ जेठ, २०८०
डिजिटल संस्करण

ई-कमर्स प्लेटफर्म दराजले एनएमबी बैंकसँग साझेदारी गरी दराज एनएमबी कर्जा सुविधाको सुरुवात गरेको छ।

दराज एनएमबी सजिलो कर्जा नामक यो पहलले बिक्रेतालाई धितोरहित ऋणमा सहज पहुँच प्रदान गरी उनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र वृद्धिका नयाँ अवसरहरू प्राप्त गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। उक्त सम्झौतामा दराज नेपालका प्रबन्ध–निर्देशक आचल कुँवर र  एनएमबि बैंकका नायब प्रमुख अधिकारी गोविन्द घिमिरेले १९  मार्चमा हस्ताक्षर गरेका थिए।

दराज एनएमबी सजिलो कर्जा कार्यक्रमअन्तर्गत बिक्रेताहरूले एनएमबी बैंकबाट उपलब्ध ऋणहरू प्राप्त गर्न सक्छन्। दराज र एनएमबी बैंकबीचको यस सहकार्यले उद्यमशीलताको भावना र देशको आर्थिक वृद्धिमा सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई उजागर गरेको यी कम्पनीको दाबी छ।

दराज एनएमबी सजिलो कर्जाको मुख्य विशेषता धितोरहित ऋणको प्रावधान हो। विक्रेताहरूले कुनै पनि प्रकारको सुरक्षा वा धितो नराखी आवश्यक कोषहरूमा पहुँच पाउन सक्छन्। यस सुविधाले साना र मझौला उद्यमहरूले वित्तीय सहायता खोज्दा सामना गर्ने परम्परागत अवरोधहरूलाई हटाउने दराज नेपालके दाबी छ।

दराज प्लेटफर्ममा बिक्रेताहरूले आफ्नो व्यावसायिक आवश्यकताअनुसार पाँच लाखसम्मको ऋणका लागि आवेदन दिन सक्छन्। यो ऋण रकमले विक्रेतालाई सूचीमा लगानी गर्न, उत्पादन प्रस्ताव विस्तार गर्न, मार्केटिङ गतिविधि बढाउन र समग्र सञ्चालन सुधार गर्न सक्षम बनाउने अपेक्षा छ।

दराज एनएमबी सजिलो कर्जा सुविधा प्राप्त गर्न विक्रेताहरूले Daraz Seller Center मा गएर अनलाइन ऋणका लागि आवेदन दिन सक्छन्।

See More On

सुझावित समाचार