नबिल बैंकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टसँग छुट सम्झौता गरेको छ । उक्त सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटेलहरूमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटेल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । हालसम्म नबिल बैंकले दुई सय ५५ शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।