नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ।

यस कम्पनीले कोसी प्रदेशको बिर्तामोड र इटहरी, मधेस प्रदेशको वीरगन्ज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरी कुल १३ वटा स्थानमा कार्यक्रम आयोजना गरी ६ हजारभन्दा बढी अभिकर्तालाई तालिम प्रदान गरेको छ।

साथै, कम्पनीका शाखा उप–शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिब एक हजार अभिकर्ता सम्मानित भएका छन्। ७ वैशाखबाट सुरु भएको उक्त कार्यक्रम २२ जेठसम्म चलेको थियो।