सिन्धुली दुर्घटना : पाँचौँ दिन सुनकोसीमा दुई शव भेटियो

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण

गत शुक्रबार सिन्धुलीमा भएको दुर्घटनामा बेपत्ता भएकामध्ये सुनकोसी नदीमा दुईजनाको शव भेटिएको छ। दुर्घटनाको पाँच दिनपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार दुर्घटनामा परेको गाडी र दुई शव नदीबाट निकालेको हो।

शवको सनाखत हुन नसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डमा खटिएको टोलीले शव निकालेको हो।

गत शुक्रबार खोटाङ जाने क्रममा सिटिइभिटीका तीन कर्मचारी चढेको गाडी दुर्घटना भई सुनकोसी नदीमा बेपत्ता भएको थियो।

सुझावित समाचार