रुसी रेडियो स्टेसनहरू ह्याक, राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो

सोमबार, २२ जेठ, २०८०
डिजिटल संस्करण
रुसी रेडियो स्टेसनहरू ह्याक, राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो

फाइल तस्बिर ।

रुसका थुप्रै रेडियो स्टेसनहरू ह्याक गरिएका छन्। रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ। 

ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ। किभले यस्ता गतिविधिहरूले लामो–अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ।  

नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भइरहेको छ।
रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्सल ल, सामान्य परिचालन र नागरिकहरूलाई खाली गर्ने घोषणा गरेको छ।

‘यो वास्तवमै ह्याक थियो,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सरकारी एजेन्सी आरआइए नोबोस्तीलाई भनेका छन्। बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश 'नक्कली' भएको बताएको छ। उसले ‘शान्तिपूर्ण बेल्गोरोडका वासिन्दाहरूमा त्रास छर्न’ यस्ता नक्कली सन्देश छरिएको दाबी गरेको छ। रासस

सुझावित समाचार