भारतीय दूतावासअगाडि राप्रपाको युवा संगठनको प्रदर्शन

शुक्रबार, १९ जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले लैनचौरस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ।

भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार प्रदर्शन गरेको हो। भारतले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै प्रदर्शनकारीले भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए।

 

 

सुझावित समाचार