ड्राइभिङ गर्दा सनग्लास

बुधबार, १७ जेठ, २०८०
डिजिटल संस्करण

सनग्लास रोज्दा सधैँ अल्ट्राभ्वाइलेट (युभी) प्रोटेक्सनयुक्त ग्लास रोज्नुपर्छ । आकार र डिजाइन तपाईंले चयन गर्न सक्नुहुन्छ । यस्ता ग्लासले सूर्यको विकिरणबाट तपाईंको आँखालाई जोगाउँछ । 

सूर्यको प्रकाश भिजेको सतह, बालुवा वा कालोपत्रेमा परावर्तन हुँदा ग्लेर देखिन्छन् । जसकारण, दृश्य राम्रो नदेखिन सक्छ । सनग्लासले यस्ता ग्लेर घटाउने हुनाले दृश्य राम्रोसँग देख्न सकिन्छ । तसर्थ, ड्राइभिङ गर्दा वा बाहिर समय बिताउँदा सनग्लास लगाउनु राम्रो हुन्छ ।

चम्किलो प्रकाशका कारण आँखा थकित हुन सक्छ । सनग्लासले अनावश्यक स्ट्रेन रोकेर आँखालाई आराम दिने काम गर्छ । तेज हावासँगै बगेर आउने प्रदूषणले आँखालाई असर गरिरहेको हुन्छ । आँखा सुक्खा हुने, चिलाउनेलगायत समस्या देखिन सक्छ । यस्ता समस्या रोकथाम गर्नका लागि सनग्लासले कवचको काम गर्छ । 

सनग्लासले आँखा मात्रै नभएर आँखावरपरको छालालाई पनि घामबाट जोगाउने गर्छ । अत्यधिक प्रकाशका कारण आँखावरपरको छाला डढ्ने, चाउरी पर्ने, बुढ्यौली देखिनेलगायत समस्या हुन सक्छ । सनग्लासले यस्तो समस्या रोकथाम गर्छ । 

सुझावित समाचार