पूर्वाधार विकास समितिको कार्यविधि संशोधन गर्न उपसमिति गठन

मंगलबार, १६ जेठ, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले आन्तरिक कार्यविधि परिमार्जन गर्न उपसमिति गठन गरेको छ।

मंगलबार बसेको समितिको बैठकले लालवीर चौधरीको संयोजकत्वमा सिके राउत, माधव सापकोटा, प्रदीप पौडेल, ठाकुर गैरे, सुशीला श्रेष्ठ, विना लामा र निशा डाँगी सदस्य रहेको उपसमिति गठन गरेको हो।

कार्यविधि संशोधनका लागि सांसदहरूले दिएको सुझाव समेटेर उपसमितिले टुंगो लगाउनेछ।

सुझावित समाचार