सुधारको संकेत छ, तर बजेटले संकट पार लगाउन सक्दैन : एमाले अध्यक्ष ओली

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले आगामी आर्थिक वर्षका लागि आज प्रस्तुत गरिएको बजेटले सुधारको संकेत गरेको प्रतिक्रिया दिएका छन्। 

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले सुधारको संकेत देखिएको बताएका हुन्। 

पूर्वप्रधानमन्त्री ओलीले तर बजेटले अहिलेको आर्थिक संकटलाई पार लगाउन नसक्ने पनि बताए।

सुझावित समाचार