सरकारले राष्ट्रिय महत्वको आयोजनामा भ्याविलिटी ग्याप फन्डिङ (भिजिएफ) दिने भएको छ। भिजिएफको सुविधा दिएर ठूला आयोजना बनाउन निजी क्षेत्रलाई आकर्षण तथा प्रोत्साहन गरिने सरकारको भनाइ छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।