नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ । कैलालीको टीकापुरका बिमित नरबहादुर साउदको क्यान्सरका कारण निधन भएपछि कम्पनीले दाबी भुक्तानी गरेको हो ।
टीकापुरमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त रकमबराबरको चेक बिमितले इच्छाएको व्यक्ति अर्थात् उनकी श्रीमती ज्ञानुदेवी साउदलाई हस्तान्तरण गरेको जनाइएको छ ।
स्वर्गीय साउदले नेपाल लाइफ इन्स्योरेन्सको टीकापुर शाखाबाट ०७५ सालमा ५० लाख रुपैयाँ बिमांकको जीवन बिमा योजना लिएको कम्पनीले जनाएको छ । बिमांकबापतको रकमअन्तर्गत ५० लाख रुपैयाँ र बोनसबापत १४ लाख २५ हजार रुपैयाँ गरी जम्मा ६४ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरिएको जनाइएको छ ।
कागजात प्राप्त भएको पाँच दिनभित्र नै कम्पनीले भुक्तानी गरेको उल्लेख गरेको छ । दाबी प्रक्रियालाई चुस्त–दुरुस्त, छिटो–छरितो बनाउन कम्पनीले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।