वैदेशिक लगानी ९३ प्रतिशतले घट्यो

आइतबार, १४ जेठ, २०८०
डिजिटल संस्करण

चालू आर्थिक वर्षको फागुनसम्म खुद प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ९२.८ प्रतिशतले घटेको छ। सरकारले आइतबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण ०७९/८०’ले यस्तो देखाएको हो।

यस अवधिमा १ अर्ब १७ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ। जब कि गत आवको यसै अवधिमा यस्तो लगानी १६ अर्ब ३० करोड रुपैयाँ भित्रिएको थियो।

कोभिड महामारी र त्यसपछि निम्तिएको विश्व आर्थिक मन्दीका कारण विदेशी लगानी आप्रवाह पनि प्रभावित भएको छ।

सुझावित समाचार