कांग्रेस रूपान्तरण अभियान मधेस प्रदेशबाट सुरु

बिहिबार, ११ जेठ, २०८०
डिजिटल संस्करण

कांग्रेस रूपान्तरण अभियानले मधेस प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार मधेस प्रदेश विशेष कार्यक्रम गरेको छ।

कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव, नेताहरू गुरूराज घिमिरे, लक्ष्मणलाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादवलगायत सहभागी थिए। 

यसैगरी, नरेन्द्र नेम्वाङ, वंशीलाल तामाङ, उज्वल बराल, विनोद कायस्थ, कौशलराय यादव, धर्मेन्द्र नेम्वाङ, विनोद खनाल, सुवास लोहनी, दिनेश यादव, सुवास पोखरेल, चिरञ्जीवी हमाल, डिल्ली सुवेदी, युवराज पाण्डे, उमेश मिश्र, कृश्र सिंह, राजेश रौनियार, शैलेन्द्र यादव, मनोजा चौधरी, पिन्टु सिंह, विनोद खनाललगायत पनि भेलामा उपस्थित थिए।

नेता जगदीश्वरनरसिंह केसीका अनुसार अभियानका क्रममा पार्टीमा व्यापक सुधार, परिवर्तन र आमूल रूपान्तरणको लागि सातै प्रदेशमा बृहत् भेला र अन्तर्क्रिया गरिनेछ। यो अभियानले कांग्रेसलाई बलियो, सशक्त  र सुदृढ बनाउनुका साथै पार्टीमा नयाँ आशा, कार्यकर्तामा नयाँ भरोसा र आमजनतामा नयाँ विश्वास जगाउने उनले बताए।
 

सुझावित समाचार