कुकुरको टोकाइबाट दुई विद्यार्थी घाइते

बुधबार, १० जेठ, २०८०
डिजिटल संस्करण

छाडा रूपमा डुलिरहेको कुकुरले स्कुलका दुई विद्यार्थीलाई टोकेको छ । श्री राष्ट्रिय आधारभूत विद्यालय उज्ज्वलनगरमा कक्षा १ र ३ मा पढ्ने दुई विद्यार्थीलाई स्कुलपरिसरमै कुकुरले टोकेको प्रधानाध्यापक रिता दुवाडीले जानकारी दिइन् ।

सो कुकुरले गाउँका स्थानीय  कृषकहरूको पशुचौपायलाई समेत टोकेको छ ।  तत्काल कुकुर नियन्त्रण गर्न स्थानीयले आग्रह गरेका छन् । 

भरतपुर महानगरपालिका– १३ का वडाध्यक्ष यस विषयमा महानगरको कृषि शाखालाई जानकारी गराउने तयारी भएको बताउँछन्। 
 

See More On

सुझावित समाचार