भरतपुर महानगर र कृषि तथा वन विश्वविद्यालयको झण्डा सगरमाथामा

मंगलबार, ९ जेठ, २०८०
डिजिटल संस्करण

विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिका र कृषि तथा वन विश्वविद्यालय रामपुरको झण्डा फहराइएको छ। गाइड नरेन ठकुरी र सहायक गाइड चेतन भोटे गत चैत २१ गते काठमाडौंबाट सगरमाथा प्रस्थान गरेका थिए।

वैशाख २५ गते आधार शिविरबाट हिँडेको टोली २०८० जेठ ३ गते विहान ८ः३३ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो। उक्त टोली अहिले काठमाडौं फिर्ता भइसकेको छ।

महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराइएको महानगरपालिकी प्रमुख रेनु दाहालले जानकारी दिइन्। विश्वको सबैभन्दा होचो भूमि रहेको इजरायलदेखि विश्वको सबैभन्दा उच्च स्थानसम्म कृषि तथा वन विश्वविद्यालय रामपुरका विद्यार्थी छन् भन्ने सन्देश प्रवाह गर्न सगरमाथामा झण्डा लगिएको विश्वविद्यालयका उपकुलपति पुण्यप्रसाद रेग्मीले बताए।
 

See More On

सुझावित समाचार