सुदूरपश्चिममा नवनियुक्त मन्त्रीहरूले लिए शपथ

शनिबार, ६ जेठ, २०८०
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन्।

माओवादी केन्द्रबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रमेश धामी, सामाजिक विकासमन्त्रीमा झपट साउद एवं उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी माल साथै नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पृथ्वीबहादुर सिंहले शपथ लिएका हुन्।

सुझावित समाचार