रौतहटमा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु भएको छ। रौतहटको गौर नगरपालिकाको वडा नम्बर ७ सिसवा टोलका यार महम्मद खानलाई छिमेकीले धारिलो हतियार छुरा प्रहार गरेको स्थानीयले बताएका छन्।
छुरा खानको मुटुमै प्रहार भएकाले गम्भीर घाइते भएका थिए। खानलाई प्रादेशिक अस्पताल गौरमा उपचारका लैजाँदै गर्दा बाटोमा निधन भएको पारिवारिक स्रोतको भनाइ छ। यस घटनाबारे छानबिन भइरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।