निजी र सार्वजनिक कम्पनीले अनिवार्य श्रम अडिट गर्नुपर्ने, ज्यालालाई स्वचालित बनाइने

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले निजी तथा सार्वजनिक संस्थानमा श्रम अडिटलाई अनिवार्य गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा आगामी आव ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। निजी तथा सार्वजनिक कम्पनीले अनिवार्य रूपमा श्रम अडिट गर्नुपर्ने गरी नीति ल्याइने उनको भनाइ छ।

यस्तै, श्रमिकको ज्याला (तलब) स्वचालित रूपमा बढ्ने गरी नीति ल्याउने पनि उनले बताए। श्रमिकको आवश्यकता परिपूर्ति हुने गरी स्वचालित रूपमा  ज्याला समायोजन हुने नीति ल्याइने उनको भनाइ छ।

सुझावित समाचार