राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सम्पन्न भएको छ। सरकारले शुक्रबार पेस गर्ने नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने भएको छ।
छलफलका लागि जेठ ७, ८ र ९ गते छुट्याइएको छ। तीन दिनको छलफलपछि ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको छ।