नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्रीद्वारा मेरी स्टोप्स नेपालको अवलोकन भ्रमण

मंगलबार, २ जेठ, २०८०
डिजिटल संस्करण

नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री एनी बिट र नेपालका लागि नर्वेका राजदूत टोरम ड्रमडलसहित नर्वेजियन दूतावासका वरिष्ठ अधिकारी, कूटनीतिज्ञहरू र नर्वेका परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूले बिहीबार मेरी स्टोप्स इन्टरनेसनल नेपालको पुतलीसडकस्थित सेवा केन्द्रको अवलोकन भ्रमण गरेका छन्।

मन्त्री, राजदूतसहितका उच्च अधिकारीहरूलाई मेरी स्टोप्स इन्टरनेसनल नेपाल (सुनौलो परिवार नेपाल)का कार्यकारी निर्देशक तुसार निरौलालगायत मेरी स्टोप्स नेपालका अधिकारीले स्वागत गरेका थिए। सो अवसरमा मेरी स्टोप्स नेपालका अधिकारीहरूले मेरी स्टोप्स नेपालले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारको लागि नर्वे सरकारले लामो समयदेखि गर्दै आएको सहयोगको फलस्वरूप आएको परिवर्तन र प्रभाव तथा प्राप्त उपलब्धिहरूलाई दिगो बनाउन निरन्तर अनुदान आवश्यक रहेको विषयमा प्रकाश पारेका थिए।

नर्वेजियन एजेन्सी फर डेभलभमेन्ट कोअपरेसन (नोराड)ले नेपालका दुर्गम क्षेत्रहरूका महिलालाई गर्भनिरोधक र चिकित्सा गर्भपतन सेवा उपलब्ध गराउन मेरी स्टोप्स नेपाललाई आर्थिक सहयोग गरेको छ।

अवलोकन भ्रमणका क्रममा मन्त्री र राजदूतसहितको प्रतिनिधिमण्डलले मेरी स्टोप्समा किशोरीहरू, महिलाहरू र सरोकारवालाहरूसँग पनि छलफल गरेको थियो। प्रजनन स्वास्थ्य र छनाेटमा पहुँचले आफूलाई जीवन अझ राम्रो बनाउन सहयोग पुगेको उनीहरूले प्रतिनिधिमण्डललाई बताए।

सुझावित समाचार