नेसनल बैंकिङ डिस्कोर्स आज

आर्थिक संवाद कार्यक्रममा अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपाय खोजिने

मंगलबार, २ जेठ, २०८०
डिजिटल संस्करण

बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’ आज मंगलबार आयोजना हुँदै छ । ‘चिर्दै अभूतपूर्व समस्याका चुनौतीहरू’ भन्ने नाराका साथ काठमाडौंको सोल्टी होटेलमा बृहत् आर्थिक संवाद कार्यक्रम ‘नेसनल बैंकिङ डिस्कोर्स’ हुने भएको हो । 

कार्यक्रममा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा र इकोसिस्टमको डिजिटलाइजेसन, रेमिट्यान्सले धानेको अर्थतन्त्रको प्राण र यसको भविष्य, दिगो अनि समावेशी विकासका लागि अहम् वित्तीय साक्षरताको अपरिहार्यता र स्थितिलगायतका विषयवस्तुमा मूलभूत छलफल हुनेछ । बैंकिङ समाचारले आयोजना गर्ने यस कार्यक्रमलाई नबिल बैंकले प्रायोजन गरेको छ । 

मंगलबार हुने डिस्कोर्समा बैंकिङको अवस्था, ब्याजदर वृद्धिको समस्या, बैंकहरूमा भइरहने तरलताको समस्या, बढ्दो निष्क्रिय कर्जाको स्थिति, वित्तीय संस्थाप्रतिको विश्वास घटाउने अफवाहको बढोत्तरी निराकरणलगायतका विषयमा छलफल हुने इम्प्रेसन अ क्रिएटिभ डिजाइनका अध्यक्ष राजु ढुंगेलले बताए । 

बैंकिङ डिस्कोर्स कार्यक्रमको व्यवस्थापकको काम इम्प्रेसनले गरेको हो । डिस्कोर्स कार्यक्रका मुख्य चारवटा सत्र हुनेछन् । वित्तीय पहुँच, आगामी बजेटको भूमिका, डिजिटल इकोसिस्टम र वित्तीय साक्षरताजस्ता महत्वपूर्ण विषयहरूमा बहस हुने उनले बताए । आन्तरिक तथा अन्तर्राष्ट्रिय अवस्था र परिवेशले अर्थतन्त्रलाई शिथिल बनाएको अवस्थामा आयोजना गर्न लागिएको सम्मेलनमा अर्थमन्त्री, गभर्नर, अर्थविद्, बैंकरलगायतको उपस्थिति रहनेछ ।

सुझावित समाचार