देश विकास गर्न प्रदेश सरकार आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देश विकास गर्न प्रदेश सरकार आवश्यक रहेको बताएका छन्।

सोमबार रामेछापको मन्थली माध्यमिक विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले देश विकास गर्न प्रदेश सरकार आवश्यक रहेको बताएका हुन्। पुराना सामन्ती तत्वहरू व्यवस्था फेर्न हिँडिरहेको भन्दै उनले त्यसको कुनै तुक नरहेको प्रस्ट पारे।

‘यो व्यवस्था हजारौँ सहिदहरूको रगतले ल्याएको हो,’ उनले भने, ‘पुराना सामन्ती तत्वहरू व्यवस्था फेर्न हिँडिरहेका छन्। सडकमा चिच्याउँदै छन्। हचुवाको भरमा कराउँदै हिँड्नुको कुनै तुक छैन।’

विकास विरोधीहरूले संघीयता खारेजीको माग गरेको मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ।

सुझावित समाचार