सुनीलको ‘झुम्कावाली’मा भीमफेदीको ठुम्का

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

अस्ट्रेलिया बस्दै आएका गायक सुनील कटुवालले नयाँ गीत ‘झुम्कावाली’ शनिबार सार्वजनिक गरेका छन्। गीतमा नेपालको चर्चित नृत्य समूह भीमफेदी गाइजको सामूहिक नृत्य रहेको छ भने मोडल आभा थापालाई फिचरिङ गरिएको छ।

यसअघि ‘कपुरी क’, ‘ताराबाजी लै लै’, ‘मुखैमा रामराम’, ‘डाँडा कटौँला’लगायतका गीतहरू ल्याएका कटुवालको ‘झुम्कावाली’मा किरण के. उप्रेतीको शब्द छ।

त्यस्तै, संगीत संयोजन पुष्कर सुनुवारको छ भने पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ। भीमफेदी गाईजका निर्मलकुमार लामाको निर्देशन रहेको भिडियोमा सपना लम्साल र मन्जु रानाको मेकअप रहेको छ। अस्ट्रेलिया अंशको छायांकन राजीव बस्नेतले गरेका हुन्।

सुझावित समाचार