३ प्रश्न

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण

भुटानी शरणार्थीका नाममा भएको ठगीमा पार्टी नेताहरूको नाम मुछिनु र पक्राउसमेत पर्नुलाई कसरी हेर्नुभएको छ ?
यो अरूजस्तो सामान्य भ्रष्टाचार मात्र होइन, नेपाली नागरिकलाई नै अनागरिक बनाएर बिक्री गर्नेजस्तो गम्भीर अपराधसमेत हो । यो सोझासीधा नागरिकमाथिको गम्भीर ठगी हो । यसले अन्तर्राष्ट्रिय जगत्सामु देशको छवि धुलीसात् बनाएको छ । त्यसैले, यसमा यो वा त्यो पार्टीका नेता या कार्यकर्ता भनेर हेरिनुहुँदैन । जोजो संलग्न छन्, तिनलाई छाड्नु या उन्मुक्ति दिनुहुँदैन । तर, अहिले नाम आउनु नै चाहिँ ठूलो कुरो होइन । 

अहिले पार्टी नेताहरूमाथि उठेको प्रश्नले पार्टी जीवनमा कस्तो प्रभाव पार्ला ?
यस प्रकरणमा संलग्न जोसुकै भए पनि तिनलाई कानुनी कराबाहीमा सहयोग गर्यौँ भने यसबाट पार्टी जीवनमा सकारात्मक प्रभाव नै पर्छ । तर, आफ्नो पार्टी र आफ्ना मान्छे भनेर यस प्रकरणमा जोडिएका व्यक्तिलाई जोगाउन ढाकछोप गर्ने, सामसुम पार्ने प्रयास गरियो भने यसले पार्टी जीवनलाई ध्वस्त पार्न र नेपाली समाजमा पार्टीहरूमाथि व्याप्त अविश्वासलाई थप मलजल गर्न सक्छ ।

यस प्रकरणले नेपाली राजनीतिको शुद्धीकरणमा सकारात्मक प्रभाव पार्ने सम्भावना कति देख्नुहुन्छ ?
यो मात्र होइन, नेपाली राजनीतिलाई बदनाम र पथभ्रष्ट बनाउने अनगन्ती घटना छन् । अहिले यसलाई टुंगोमा पुर्याएर क्रमशः अन्य घटनामा पनि प्रवेश गर्न सकियो भने यसले नेपाली राजनीतिमा सकारात्मक प्रभाव पार्न सक्छ । 

सुझावित समाचार