रातो मत्स्येन्द्रनाथको भोटोजात्राको साइत ११ जेठमा

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण

रातो मत्स्येन्द्रनाथको रथ लगनखेल-जावलाखेल तान्ने र भोटोजात्राको साइत तय भएको छ। स्थानीय, गुठी संस्थान र रथका पुजारीले उचित समय हेरी बिहीबार  साइत तय गरेका हुन्।

हाल रथ लगनखेलस्थित थटिटोलमा राखिएको छ। यहाँबाट रथ जावलाखेल लगेको तीन दिनपछि भोटो देखाउने चलन छ।

११ गते जाह्वला अर्थात् भोटो जात्रा देखाइनेछ। उक्त दिन सरकारले सार्वजनिक बिदा दिने चलन छ। राष्ट्रप्रमुख तथा राष्ट्राध्यक्षलाई भोटो देखाएर यो जात्रा समापन हुन्छ।

सुझावित समाचार