धादिङमा धारिलो हतियार प्रहार गरेर एकको हत्या

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण
धादिङमा धारिलो हतियार प्रहार गरेर एकको हत्या

धादिङको गल्छि गाउँपालिका–८ का मृतक विनोद थापा मगर

धादिङको गल्छी गाउँपालिका– ८ का विनोद थापामगरको धारिलो हतियार प्रहारपछि ज्यान गएको छ । होटेलमा सामान्य विवादका कारण चक्कु प्रहार गरी घाइते भएका थापामगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।  

एसपी मिश्रले भने, ‘याे बुधबारको घटना हो । ग्राहकको रूपमा होटेलमा आएका विनोद र होटेल सञ्चालकबीच सामान्य भनाभन भएपछि घटना घटेको हो । चक्कु प्रहार गरी घाइते बनेका थापामगरको उपचारका क्रममा ज्यान गयो । छानबिनका लागि होटेल सञ्चालक सरस्वती पण्डित र उनका छोरा नीरज पण्डित प्रहरीको नियन्त्रणमा छन् । होटेलमा खाना खान आएका अन्य चारजना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।’ 

अहिले गल्छी–नुवाकोट–त्रिशूली सडकखण्ड अवरुद्ध भएको छ । घटनापछि पीडित पक्षले उक्त सडकखण्ड अवरुद्ध गरेकाे हाे । 
 

See More On

सुझावित समाचार