मतगणनाको माग रिट उच्च अदालतद्वारा खारेज

बुधबार, २७ बैशाख, २०८०
डिजिटल संस्करण

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिका– ३ मा मतगणना गर्दा धाँधली भएको भन्दै उम्मेदवार श्रीराम आचार्य दर्ता गरेको रिट खारेज भएको छ । 

उच्च अदालत पाटनले निर्वाचनसम्बन्धी पुनः मतगणनाको मुद्दा विनाआधार, विनाप्रमाण दर्ता भएको र पुष्टि हुन नसक्ने भन्दै बुधबार रिट नै खारेज गरेको हो । 

उक्त क्षेत्रमा एमालेबाट श्रीराम आचार्य र गठबन्धनबाट माओवादी केन्द्रका राज घिमिरे उम्मेदवार थिए । घिमिरे निर्वाचित भएलगत्तै मतगणनामा धाँधली भएको भन्दै आचार्य अदालत पुगेका थिए । 

अभिनेतासमेत रहेका घिमिरेले एक हजार ५९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका आचार्यले एक हजार ४९ मत प्राप्त गरेका थिए ।

सुझावित समाचार