आरजुले दिइन् साइबर ब्युरोमा उजुरी

बुधबार, २७ बैशाख, २०८०
डिजिटल संस्करण
आरजुले दिइन् साइबर ब्युरोमा उजुरी

फाइल फाेटाे

कांग्रेस नेत्री तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा बाहिरिएको अडियोको सत्यतथ्य जाँच गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् । 

बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा लिखित उजुरी दिँदै उनले अडिओको सत्यतथ्य तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाहीको माग गरेकी हुन् । 

‘विभिन्न सञ्चारमाध्यममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् ? उक्त अडिओबारे अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस्,’ उजुरीमा भनिएको छ । 

सुझावित समाचार