कम खर्चमै यसरी सजाउनुस् बगैँचा

बुधबार, २७ बैशाख, २०८०
डिजिटल संस्करण

मानिसहरू आफ्नो घरमा सानो बगैँचा राख्न र त्यसमा केही समय बिताउन चाहन्छन् । शान्त वातावरणमा बसेर सिर्जनात्मक कुरा सोच्ने बानी मानिसलाई हुन्छ । बगैँचामा स्वच्छ हावा र शान्त वातावरणले सबैलाई आकर्षित गरिरहेकै हुन्छ । हामीले पुराना फर्निचरलगायत सामग्रीको उपयोग गरेर बगैँचालाई कम खर्चमै आकर्षक देखाउन सक्छौँ । 

कतिपय मानिस आफ्नो पुरानो साइकललाई कवाडीमा बेचिदिन्छन् वा फ्याँकिदिन्छन् । तर, पुरानो साइकललाई बगैँचा सजाउन पनि प्रयोग गर्न सकिन्छ । पुराना साइकलको प्रयोगले बगैँचालाई भिन्टाज लुक्स दिन सकिन्छ । पहिले साइकललाई रंग्याउनुस्, त्यसपछि साइकलको चारैतर्फ मनीप्लान्टको ह्यांगिङ गमला झुन्ड्याउनुस् । यसले तपाईंको बगैँचालाई अलग देखाउँछ । 

कारको पुरानो टायर छ भने तपाईंले त्यसलाई बगैँचाको शोभा बढाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसले बगैँचालाई रंगीन पनि देखाउँछ । पहिले कारको टायरलाई अलग–अलग कलरले पेन्ट गर्नुस् । त्यसमा कुनै चित्र पनि कोर्न सकिन्छ । त्यसपछि माटो भरेर रंगीचंगी फूल लगाउनुस् । यसले बगैँचालाई आकर्षक देखाउँछ । 

See More On

सुझावित समाचार