पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगै उनका सहयोगी नरेन्द्र केसी पनि पक्राउ परेका छन्। भुटानी शरणार्थीसम्बन्धी ठगीमा केसीको पनि संलग्नताको प्रमाण भेटिएपछि उनी पक्राउ परेका हुन्।
खाण गृहमन्त्री हुँदा केसी उनका स्वकिय सचिव थिए। पक्राउ परेका बिचौलियाले केसीमार्फत पैसा बुझाएको बयान दिएका छन्।