मेकअप गर्दा यी कुरामा ध्यान दिनुस्

बुधबार, २७ बैशाख, २०८०
डिजिटल संस्करण

- मेकअपको सामान भयो भने घरमै बसेर सिम्पल मेकअप गर्न सकिन्छ । 

- सुरुमा फेसवासले मुख धुनुपर्छ । सफा कपडाले मुख पुछ्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ । मोस्चराइजर क्रिम लगाउनुपर्छ । 

- यसपछि सनस्क्रिन अनिवार्य लगाउनुपर्छ । मेकअपलाई लामो समय टिकाउन प्राइमर लगाउन सकिन्छ । यसपछि आफूलाई मन परेको सेपमा आइब्रो बनाउनुपर्छ । आफ्नो स्किन अनुसारको फाउन्डेसन लगाउनुपर्छ । लगत्तै पाउडर लगाउनुपर्छ । फाउन्डेसन मात्र लगाउँदा अनुहार चिल्लो देखिने हुँदा पाउडर लगाउँदा सुक्खा हुन्छ । 

- मेकअप गरेको करिब १० मिनेटपछि अनुहारमा ग्लो आउँछ । घरमै बसेर आइस्याडो लगाउँदा आफूले लगाएको कपडाको रङअनुसारकै आइस्याडो लगाउन सकिन्छ । 

- कसैलाई कपडाको कलरअनुसारको आइस्याडो मन पर्दैन भने न्युड कलरको आइस्याडो लगाउन सकिन्छ । घरमा बस्दा न्युड मेकअप राम्रो देखिन्छ ।

See More On

सुझावित समाचार