आज पनि सेयर बजार दोहोरो अंकले घटेर राताम्मे भएको छ।
आइतबार १९ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज १६.९२ अंकले घटेर १८३३.७० विन्दुमा झरेको छ। आज सबै समूहको सेयर ओरालो लागेका छन्।
यस दिन समग्र बजार घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ। दुई सय ७० वटा कम्पनीका २८ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा ८२ करोड ४२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
आज समग्रमा बजार ओरालो लागे पनि विन नेपाल लघुवित्तको सेयर आठ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयर ६ प्रतिशतले बढेको छ।