बच्चाबाट टाढै राख्नुस् यस्ता सामग्री

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

धारिला सामग्री 
कैँची, चक्कुलगायत धारिला सामग्रीलाई बच्चाबाट टाढै राख्नुस् ।  
औषधि 
अभिभावकले बच्चानजिक कुनै पनि औषधि राख्नुहुँदैन । बच्चाले खेल्दै गर्दा आफ्नो मुखमा औषधि हाल्न सक्छ, जसले उनीहरूको स्वास्थ्यमा गलत असर पर्छ ।

विद्युतीय सामग्री 
विद्युतीय तार, फोन, स्विच बोर्डलगायतलाई उनीहरूनजिक राख्नुहुँदैन । तपाईंको कोठाको बत्तीको स्विचबाट पनि बच्चालाई टाढै राख्नुपर्छ । 

काँचका सामान 
बच्चाले खेल्दाखेल्दै काँचको सामान फुटाउन सक्छन् र चोट लाग्न सक्छ । 

See More On

सुझावित समाचार