३ प्रश्न

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

अदालतको आदेशले मात्रै टुकुचा खुला गर्न सम्भव होला ? 
हुन्छ, किन नहुनु ? हामीले व्यक्तिलाई उठिबास लगाएर त्यो जग्गा खाली गराउने होइन । खोलाआसपासका जग्गाधनीलाई जग्गाको उचित मूल्य दिएर खोलाको जग्गा खोलाकै नाममा कायम गर्ने हो । यसमा महानगरवासीको साथ र सहयोग चाहिन्छ । 

टुकुचालाई पुरातत्व विभागले ऐतिहासिक भन्दै त्यहाँ बनेको गुम्बज भत्काउन नदिने भनेको छ नि ? 
अदालतले जे भन्छ, त्यो नै ठूलो हो । खोलाको जग्गा जसरी पनि फर्काउनुपर्छ । ऐतिहासिक गुम्बज हो भनेर टुकुचालाई ढलकै रूपमा छाड्न मिल्दैन । खोला पनि ऐतिहासिक हुन्छ । यसको आयु पनि शताब्दीऔँ पुरानो हुन्छ । अदालतले ऐतिहासिक नभनेपछि पुरातत्वको भनाइले खासै फरक पार्दैन ।

टुकुचामाथि सयौँ संरचना छन् । त्यसको मुआब्जा वा लगत कट्टा सहज होला त ? 
यो विषय जटिल भए पनि असम्भव भने छैन । हामीले जग्गाको लगत कटौती गर्दा क्षतिपूर्ति दिएर उनीहरूलाई हटाउँछौँ । त्यसका लागि भुमिसुधार आयोगको कार्यविधिअनुसार काम गर्छौं । नापी र मालपोतसँग रेकर्ड माग्छौँ । अहिले पनि खाली भएको स्थानमा कुनै संरचना बनेको छैन भने त्यहाँ संरचना बन्न दिँदैनौँ । कसैले खोलाको जग्गा बेचेको छ भने त्यसमाथि पनि छानबिन हुन्छ । तर, जग्गा वा घर किनेर बसेका व्यक्तिलाई हामीले विकल्प दिन्छौँ । हचुवाका भरमा काम हुँदैन । अर्को कुरा, जग्गाको मुआब्जा दिने काम केन्द्र सरकारको हो । 

सुझावित समाचार