वाइडबडी, एनसेल, ललितानिवास र क्यान्टाेनमेन्टको फाइल खोल्न लिङ्देनको चुनौती

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण
वाइडबडी, एनसेल, ललितानिवास र क्यान्टाेनमेन्टको फाइल खोल्न लिङ्देनको चुनौती

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचारका फाइलहरू खोले सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन्।

आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ठूला घोटालाका फाइल खोल्न सरकारलाई चुनौती दिएका हुन्।

सरकारले राजनीतिक स्वार्थ नराखी नक्कली शरणार्थी प्रकरणका आरोपीहरूलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने भन्दै लिङ्देनले वाइडबडी, ललितानिवास, एनसेल र क्यान्टाेनमेन्ट घोटालाको फाइल खोल्न प्रधानमन्त्रीलाई चुनौती दिए।

‘अब वाइडबडी काण्डको फाइल खोल्नुपर्छ । एनसेलको फाइल खोल्नुपर्याे । ललितानिवास जग्गा प्रकरणको फाइल खोल्नुपर्याे । प्रचण्ड कति वर्ष सरकारमा बस्नुपर्ने हो राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहन्छ । क्यान्टाेनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्याे,’ उनले भने, ‘तर, भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्याे भने लामो समय पत्याइँदैन यो कुरालाई।’

सुझावित समाचार