बेलायतका राजा चार्ल्स र प्रधानमन्त्री सुनकसँग परराष्ट्रमन्त्री साउदको भेट

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण

परराष्ट्रमन्त्री एनपी साउदले बेलायतका राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई भेटेका छन्। राजा चार्ल्सको राज्याभिषेकमा सहभागी भएपछि उनले दुवैसँग भेट गरेका हुन्।

भेटमा साउदले राज्यारोहण गरेकोमा राजा चार्ल्सलाई बधाई दिएका छन्। परराष्ट्रमन्त्रीले बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका उनका स्वकीय सचिव दीपककुमार जोशीले जानकारी दिए।

उनका अनुसार जवाफमा सुनकले उपयुक्त समयमा नेपाल आउने बताएका छन्। ‘बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिँदा आउँछु, तर अलि ढिला हुन्छ भन्नुभयो,’ परराष्ट्रमन्त्री साउदको भनाइ उद्धृत गर्दै जोशीले भने।
 
मन्त्री साउद वैशाख २१ गते राजा चार्ल्सको राज्याभिषेकमा सहभागी हुन बेलायत गएका थिए। उनी वैशख २६ गते स्वदेश फर्किने कार्यक्रम छ।

सुझावित समाचार