आगलागीमा पाँच घर जले

शुक्रबार, २२ बैशाख, २०८०
डिजिटल संस्करण

सिराहा नगरपालिका– २० लगडी गदियानीमा आगलागी हुँदा एकै परिवारको पाँचवटा घर जलेर नष्ट भएका छन् ।

लगडीगदियानीका विजय यादवको घरमा शुक्रबार साँझ आगलागी हुँदा फुसको घर, अन्न, लत्ताकपडा जलेर नष्ट भएको हो । 

सिराहाबाट पुगेको बारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आधा घन्टापछि आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

हावा चलिरहेका वेला खाजा पकाउने क्रममा फुसको घरमा आगो सल्किएको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । 

आगलागीमा पाँचवटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब २० लाखबराबरीको क्षतिको भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सुझावित समाचार