मुलुकको आर्थिक अवस्था उद्योगी–व्यवसायीका लागि चुनौतीपूर्ण : चन्द्र ढकाल

बिहिबार, २१ बैशाख, २०८०
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी–व्यवसायीका लागि चुनौतीपूर्ण रहेको बताएका छन्। बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको नवौँ महाधिवेशनमा बाेल्दै उनले यस्तो बताएका हुन्।

भर्खरै तथ्यांक विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्रमा संकुचन देखिएको ढकालको भनाइ छ। उनले सरकारको लक्ष्यअनुसार आर्थिक वृद्धि हुन नसके उद्योगी–व्यवसायीका लागि चुनौतीपूर्ण रहेको बताए।

यसमा बैंकहरूले सहज रूपमा कर्जा दिँदा घरजग्गा, सेयर वा सवारीसाधन खरिदमा लगानी गर्ने व्यवसायीको पनि दोष भएको ढकालले प्रस्ट्याए। उनले सरकारले अर्थतन्त्रको वर्तमान अवस्थामा उद्योगी–व्यवसायीको आत्मबल बढाउने काम नगरेसम्म अर्थतन्त्रमा सुधार आउन नसक्ने जिकिर गरे।

सुझावित समाचार